सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीको काम, कर्तव्य र अधिकार :
- शहरी विकास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमनको कार्यान्वयन गर्ने ।
- वस्ती विकास, शहरी विकास र आवास विकास सम्बन्धी नीति, कानून, मापदण्डहरुको नियमन गर्ने ।
- राष्ट्रिय भवन संहिता सम्बन्धी नीति, कानून, मापदण्डको कार्यान्वयन गर्ने/गराउने ।
- स्थानीय सरकार अन्तर्गतका भवनहरु निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन गर्ने ।
- लोपोन्मुख, सिमान्तकृत, गरीब, ज्येष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून, मापदण्ड सम्बन्धी स्वीकृत योजनाहरु सञ्चालनमा ल्याउने ।
- राष्ट्रिय स्तरको पार्क, मनोरञ्जन स्थल सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी स्वीकृत योजनाहरु कार्यान्वयनमा ल्याउने ।
- वार्षिक स्वीकृत कार्यक्रमहरुको नियम र परिनिधिभित्र रही कार्यान्वयन गर्ने ।
- शहरी विकाससँग सम्बन्धित राय र परामर्श लगायत प्राविधिक सहयोग समेत प्रदेश तथा स्थानीयहरुलाई उपलब्ध गराउने ।
- भूकम्प दिवस लगायत अन्य विषयमासग सम्बन्धित कार्यक्रमहरु संचालन गराउने ।
- महालेखा, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अधिकृत कारोबार सम्बन्धीत गतिबिधिलाइ समन्वय गरी भुमिका निर्वाह गर्ने ।
- प्रशासन सम्बन्धी सम्पूर्ण कार्यहरु अगाडी बढाउने ।
- सूचना अधिकारी भई काम काज गर्ने ।
- कार्यालयको जिल्ला सामनाहरुलाई PAMS मा अभिलेख राख्ने ।
- आयोजना प्रमुखले तोकिएको जिम्मेवारीहरु अनुरुप कार्य गर्ने ।
- आयोजना प्रमुखले तोकिए बमोजिम कार्यहरु गर्ने ।